१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


३ किलो सुनसहित पक्राउ परेका ५ जना सार्वजनिक


0
Shares

काठमाडौं, असार १७ । काठमाडौं प्रहरीले ३ किलो सुनसहित पक्राउ परेका ५ जनालाई आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसरको टोली हिजो नागढुंगाबाट सुनसहित २ जनालाई पक्राउ गरेको थियो । सुन ओसारपसारमा संलग्न थप ३ जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा ४ जना भारतीय र एकजना नेपाली नागरिक छन् ।

प्रहरीले काठमाडौंको नागढुंगाबाट यूके ०२४६८४ नम्बरको भारतीय कारको एयर फिल्टरमा लुकाइ लैजादै गरेको अवस्थामा सुन बरामद गरेको थियो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक दीपक कुमार मौर्य, अशोक कुमार, सन्जना साह, चन्द्रमोहन जोशी र कन्चनपुर जिल्ला भिमदत्त नगरपालिकाका मनोज बिक रहेका छन् । 

पक्राउ परेकाहरुलाई कारवाहीका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ ।