
काठमाडौं, असार १९ । महानगरीय प्रहरी परिसर काठमाडौंले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले कामनपा–१५ बज्र होटलनजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौं, म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु ६ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाइ खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले उनीहरुबाट रु ६ लाख ९९ हजार नगद र चारथान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । रासस
प्रतिक्रिया दिनुहोस्