१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


पिर्काले हानेर श्रीमान्को हत्या


0
Shares

चितवन, असार १६ । माडीमा शनिबार दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमान्को हत्या गरेकी छन् ।

माडी नगरपालिका–३, सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान् गंगाराम महतोको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार खाना खाने समयमा सामान्य विवादपछि श्रीमतीले आफू बसेको पिर्काले हानेर श्रीमान्को हत्या गरेकी थिइन् ।

श्रीमान्को हत्यापछि कुलमतिलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । रासस