८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चारथान भरुवा बन्दुकसहित तीनजना पक्राउ


0
Shares

सल्यान, असार १८ । सल्यानको कुमाख गाउँपालिका–३, चिनालीबाट अवैध चारथान भरुवा बन्दुकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख भरतबहादुर विकले चारथान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने केप र छर्रासहित अभियुक्तलाई पक्राउ गरिएको जानकारी दिए ।

अनुसन्धानकाक्रममा रहेकाले प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरेको छैन ।

आफ्नै घर र घरननिकै बन्दुक लुकाइ–छिपाइ राखेका अवस्थामा विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । रासस