
धादिङ, असार १८ । बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ ।
घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए ।
हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन । (रासस)
प्रतिक्रिया दिनुहोस्