
बासुदेव बर्मा
कपिलवस्तु, असार १७ । कपिलबस्तुमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।
शनिवार छुट्टाछुट्टै स्थानबाट अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
कपिलबस्तुको कृष्णनगर नगरपालिकामा रहेको नेपाल–भारत सीमाको लिड्ढगेटमा शनिबार दिउसो एचआर एक्स ६०८८ नम्बरको कार भारतबाट नेपालतर्फ आउँदै गरेकोमा शंका लागी चेक जाँचको क्रममा १३ लाख १३ हजार ३६० भारतीय रुपैया सिटमुनी लुकाई राखेको अवस्था बरामद गरी कारमा सवार २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा कैथेल हरियाणा बस्ने बर्ष ४२ का राजेन्द्र जाट र नेपालको कैलाली जिल्ला गैरीगंगा नगरपालिका–६ बनगेडा बस्ने एकजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
त्यस्तै शनिबार अन्दाजी राति ९ः१५ बजे तौलिहवा–जितपुर सडकखण्डको जहदीतर्फ जादै गरेको लु२३प ८८३ नम्बरको मोटरसाईकलमा सवार २ जनालाई चेक जाँचकै क्रममा कपिलबस्तु नगरपालिका –११ जहदी बस्ने बर्ष ३२ का मातेश्वर अहिर (मन्नु)ले राखेको अवैध कालो रिभल्वर फेला परेपछि प्रहरीले मुन्नु र चालक जहदी बस्ने बर्ष १९का नन्द किशोर यादवलाई पक्राउ गरेको छ ।
यसैगरी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिबार राति ११ बजे चन्द्रौटाको एक होटलबाट २२ किलो चरेससहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शिवराज नगरपालिका १ उमरीचोक बस्ने बर्ष ३९ का राश बहादुर रोका मगर, दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३७ बर्षीय आशिष खड्का तथा सोही ठाउँ बस्ने ३८ बर्षीय किरण प्रकाश बम छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मनोज कुमार यादवले अपराधिक क्रियाकलापलाई निरुत्साहित गर्दै भयरहित कपिलवस्तु बनाउने प्रतिबद्धता जनाए । आन्तरिक र जिल्ला शुद्धिकरण, भयमुक्त कपिलवस्तु निर्माण, बाटो समय बाहेक ५ मिटनमै घटनास्थलमा प्रहरीको उपस्थिति, स्थानिय तहको बिकासमा अवरोध पुर्याउनेलाई कारवाही, घटनाको निष्पक्ष न्यायिक तथा वैज्ञानिक अनुसन्धान, मानव र महिला अधिकारको संरक्षण, सिमा अपराध र आर्थिक अपराधको न्यूनिकरण गर्ने मुख्य रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्