सर्लाही, असोज १० । जिल्ला अदालत सर्लाहीले ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत सर्लाहीका एक नम्बर न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले साहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । साहविरुद्ध नक्कली तमसुक बनाउने गरेको, चलनचल्तीको…