हरि शर्मा (इमेज) परासी, असोज २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत र एकजना बिचौलियालाई ६५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार पक्राउ पर्नेमा प्रतापपुर–सुस्ता सबडिभिजन वन कार्यालयका प्रमुख प्रशुराम चौधरी र बिचौलिया मनोजकुमार शर्मा छन् । पक्राउ परेका शर्मा वन कार्यालयलाई घर भाडामा दिएका घरधनी…