दुई लाख नगदसहित ११ जुवाडे पक्राउ • Image Khabar Image Khabar


दुई लाख नगदसहित ११ जुवाडे पक्राउ


Imagekhabar
२३ आश्विन २०७६, बिहीबार ०७:५२

दुई लाख नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौं, असोज २३ । नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले टोखा नगरपालिका–११ गोंगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा बुधबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाबाट तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्