२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सात लाख भारु कम्मरमा लुकाएर भारत लैजान खोज्दा…


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, असोज १८ । सशस्त्र प्रहरी कपिलवस्तुको टोलीले सात लाख ६० हजार ६५० भारतीय रुपैयाँसहित शनिबार एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का कृष्णबहादुर ओली छन् ।

उनले आफ्नो कम्मरमा बाँधेर लुकाइ–छिपाइ सो रकम भारततर्फ लैजाँदै थिए । कृष्णनगरको लिंकगेटस्थित चेकपोस्टबाट चेकजाँचकाक्रममा उनी समातिएका हुन् ।

नियन्त्रणमा लिइएका ओलीको साथबाट दुई हजार, एक हजार, ५००, १०० र ५० दरका नोट गरी सो परिमाणमा भारतीय मुद्रा फेलापरेको जनाइएको छ ।

उनलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए ।