Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा


0
Shares

सुरुंगा, असोज १० । युवती प्रयोग गरी बिर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

बिर्तामोड नगरपालिका–४ मा मोटरसाइकलको ‘रिकन्डिसन हाउस’ सन्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम, फाकफोकथुम–१ घर भइ हाल बिर्तामोड–२, चारपाने बस्ने रितु फियाक, भारतको दार्जिलिङस्थित खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकाश दासलाई शुक्रबार जिल्ला अदालत झापाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

बिर्तामोडका एक व्यवसायीलाई युवती प्रयोग गरी अपहरण गरेको र नांगो भिडियो बनाएर रु ४० लाख फिरौती माग गरेको आरोपमा उनीहरुलाई प्रहरीले गत असार ३ गते पक्राउ गरेको थियो । रासस