दुई भारतीयसहित चारजना डाका हतियारसहित पक्राउ • Image Khabar Image Khabar


दुई भारतीयसहित चारजना डाका हतियारसहित पक्राउ


Imagekhabar
९ आश्विन २०७६, बिहीबार ११:०४

दुई भारतीयसहित चारजना डाका हतियारसहित पक्राउ

धनुषा । धनुषा प्रहरीले दुईजना भारतीयसहित चार जना डाकालाई हतियारसहित पक्राउ गरेको छ ।

जनकपुरधाम उपहानगरपालिका– २ स्थित एक फर्निचर पसलमा विहीबार बिहान चोरी गर्न लागेको अवस्थामा प्रहरीको विशेष सुरक्षा योजना टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला पिप्राढी इसलामपुरका मोहम्मद ईलयास र ओजिर अंसारी छन् । यस्तै रौतहट वृन्दावन नगरपालिका १ रमैली बैरियाका गगन पटेल र विनोद प्रसाद सिंह छन् ।

पक्राउ परेका चारै जनालाई आज प्रहरीले पत्रकारसम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

डाकाँहरुले जानकी फर्निसिंग नामक फर्निचर पसलको ताला काटेर भित्र प्रवेश गरी चोरी गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ गर्ने क्रममा डाँकाहरुले भाग्न खोज्दा प्रहरीले चलाएको गोलीबाट रौतहटका विनोद प्रसाद सिंह घाइते भएका छन् ।

घाइतेको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

उनीहरुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने २ वटा गोली, ताल्चा काट्ने कटर, मोबाइल र पेचकस एक/एक थान बरामद गरेको जनकपुरका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्