
डीबी विष्ट
बझाङ, असोज १० । बझाङमा आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बझाङका धनबहादुर विष्टले आफ्नै भान्जीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विष्टले भान्जीलाई पालन पोषण गर्ने, पढाईदिने भन्दै केही वर्षदेखि आफ्नै घरमा राख्दै आएका थिए । ९ कक्षामा अध्ययनरत भान्जीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए ।
पक्राउ परेका विष्टलाई बिहीबार जबरजस्ती करणीमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्