काठमाडौंको होटलबाट पेस्तोलसहित चारजना पक्राउ • Image Khabar Image Khabar


काठमाडौंको होटलबाट पेस्तोलसहित चारजना पक्राउ


Imagekhabar
८ आश्विन २०७६, बुधबार १९:३८

काठमाडौंको होटलबाट पेस्तोलसहित चारजना पक्राउ

काठमाडौं, असोज ८ । नेपाल प्रहरीले अवैध हातहतियारसहित चारजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९ ‘एभरेस्ट होलिडे इन होटल’बाट अवैध हातहतियारसहित चारजनालाई बुधबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका भीम सुर्खेती, सिन्धुलीका भीमबहादुर माझी, प्रदीप माझी र लोकेन्द्रबहादुर आले रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले होटलको ४०४ नम्बर कोठाबाट हतियारसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाबाट एक पेस्तोल, एक म्यागजिन र ६ राउन्ड गोली बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्