२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गौहत्याका १५ आरोपी धरौटीमा रिहा


0
Shares

सुर्खेत, असोज १० । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भएको गौहत्या प्रकरणमा पक्राउ परेका १५ जनालाई जिल्ला अदालत सुर्खेतले २६ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालतमा शुक्रबार भएको थुनछेक बहसपछि भएको आदेशअनुसार उनीहरु धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले १५ जना अभियुक्तबाट २६ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

आरोपीहरुमध्ये नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रहरी इन्चार्ज सूर्यबहादुर बोगटीबाट चार लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।

ट्रान्सपोर्टका सन्चालक सन्तृप्त श्रेष्ठलाई तीन लाख ५० हजार रुपैयाँ र प्रहरी सहायक निरीक्षक विकास गौतमलाई दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको थियो ।

तीबाहेक अरु आरोपी पनि तोकिएको रकम बुझाएर धरौटीमा रिहा भएका छन् ।

घटनामा संलग्न भएका तीनजना ट्रकचालक भने अझै फरार रहेका छन् ।

गएको भदौ १३ गते राति वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–७ र ११ मा नेपालगन्ज उपमहानगरपालिकाबाट ल्याइएका ३९ ओटा गाई–गोरुलाई भीरबाट खसालेर मारिएको थियो ।