काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग २०८२ पुस १४ गते सम्पन्न सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। आज बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले उक्त सहमति अनुमोदन नगर्ने निष्कर्ष निकालेको हो। रास्वपाले पछिल्लो समय सुसंस्कृत, परिवर्तनकामी र वैकल्पिक राजनीतिक शक्तिहरूबीच व्यापक सहकार्यमार्फत देशमा नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्ने उद्देश्यसहित विभिन्न…