Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बारामा १६ जना फरार प्रतिवादी प्रहरीकाे नियन्त्रणमा


39
Shares

काठमाडाैं । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गर्न बाँकी रहेका १६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।

बारा जिल्ला अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीले पक्राउ पर्नेहरू चेक अनादर, भैँसी चोरी, सवारी ज्यान, खोटा चलन, कुटपिट र सरकारी छाप दस्तखत किर्ते जस्ता मुद्दाका प्रतिवादीहरू रहेकाे जनाएकाे छ।

पक्राउ परेका व्यक्तिहरूलाई फैसला कार्यान्वयनका लागि बारा जिल्ला अदालतमा बुझाएको प्रहरीले जानकारी गराएकाे हाे।