सुवर्ण श्रेष्ठ, काठमाडाैं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तार कार्य चुनौतीपूर्ण बनिरहेको छ । विना मुआब्जा सडक विस्तार गर्न थालिएपछि हजारौं बासिन्दा र व्यवसायीले मर्कामा परेको गुनासो गरेका छन् । सर्वोच्च अदालतको आदेश र नागरिकको सम्पत्तिको हकलाई बेवास्ता गर्दै सडक डिभिजन कार्यालयले जबर्जस्ती डोजर चलाएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।…