Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


एसइईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा


0
Shares

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिए। चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो।

नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। नतिजा राति ९ बजेपछि हेर्न मिल्नेछ।

यसरी हेर्न सकिन्छ नतिजा

बोर्डले ‘एसएमएस’, ‘आइभीआर’ र विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिने आधिकारिक व्यवस्था मिलाएको छ। बोर्डले जारी गरेको सूचना अनुसार निम्न माध्यमबाट नतिजा प्राप्त गर्न सकिनेछ:

एसएमएस र आइभीआर मार्फत:

नेपाल टेलिकम (एसएमएस, युएसएसडी र आइभीआर): १६००

जानकी टेक्नोलोजी प्रा.लि. (एसएमएस): ३५००१

एम्बिसन गुरु प्रा.लि. (एसएमएस): ३१०६१

वेबसाइटमार्फत:

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०: www.see.gov.np

राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np

नेपाल टेलिकम: www.see.ntc.net.np

कान्तिपुर पब्लिकेसन्स प्रा.लि.: www.ekantipur.com

इडियु सञ्जाल प्रा.लि.: www.see.edusanjal.com

आइएमई खल्ती लिमिटेड: https://khalti.com/app

कलेज इन्फो नेपाल प्रा.लि.: see.collegeinfonepal.com

द कनेक्ट प्लस प्रा.लि.: https://theconnectplus.com

एनसेल आजियाटा लिमिटेड: https://ncellapp.ncell.com.np/result

निमा एजुकेसन फाउण्डेसन: result.neemaacademy.com

फोनिक्स एजुकेसन फाउण्डेसन प्रा.लि.: resultayo.com

एम्बिसन गुरु प्रा.लि.: see.ambition.guru

एन.इ.वि. रिजल्टस एण्ड न्युज प्रा.लि.: https://see.merostudy.net

इन्द्रेणी टाइम्स नेटवर्क प्रा.लि.: nebeducation.com/see

बोर्डका अनुसार विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी माथि उल्लेखित कुनै पनि आधिकारिक माध्यमबाट सुरक्षित रूपमा नतिजा र मार्कसिट हेर्न सक्नेछन्।