Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थाले एक महिनामै एसईईको नतिजा प्रकाशन गर्न सम्भव: शिक्षामन्त्री पोखरेल


39
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गर्ने व्यवस्था लगायतका सुधारात्मक प्रयासका कारण समयमै एसईईको नतिजा प्रकाशन गर्न सम्भव भएको दावी गर्नुभएकाे छ।

उहाँले सोमबार राति एसईईको परीक्षाफल प्रकाशित भए लगत्तै सामाजिक सञ्जालमार्फत यस्ताे दावी गर्नुभएकाे हाे । मन्त्री पोखरेलले समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताका कारण परीक्षाफल करिब एक महिनामै सार्वजनिक गर्न सकिएको जिकिर गर्नुभएकाे छ।

शिक्षामन्त्री पोखरेलले नतिजा प्रकाशनका लागि दिनरात खटिने सम्पूर्ण शिक्षक–शिक्षिका, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति हार्दिक आझार व्यक्त गर्नुभयाे ।

ी

Skip This