काठमाडाैं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्।
गल्छी गाउँपालिका–६, बैरेनीमा साेमबार राति करिब साढे ११ बजे साेही दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे हाे । काठमाडौँबाट चितवनतर्फ जाँदै गर्दा सडकमा रोकिएको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रकलाई सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१-००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियाे । लगत्तै काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको अर्को बस बा ०१-००६ ख ६७१६ ले समेत उक्त बसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ३७ जनालाई इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयको सहयोगमा तत्काल उद्धार गरिएको थियो। घाइतेहरूलाई स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा प्रारम्भिक उपचार गरिएकाे प्रहरीले जनाएकाे हाे । प्रहरीले ३ जना घाइते सामान्य उपचारपछि डिस्चार्ज भइसकेकाे र बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको बताएकाे छ।
जसमध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको हाे । ६ जनालाई अन्य अस्फतालमा रफिर गरएिको छ। तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार रहेकाे प्रहरीले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्