काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई ३ विकेटले पराजित गरेकाे छ।
धर्मशालामा साेमबार राति भएकाे खेलमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ५ विकेट गुमाएर २ सय १० रन बनाएको हाे । पञ्जावले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ७ विकेट गुमाउँदै भेटाएकाे छ।
पञ्जाब किंग्सको यो लगातार चौथो हार हो । आईपीएल अंक तालिकामा पञ्जाव ११ खेलमा १३ अंकका साथ तालिकाको चौथो स्थानमा छ । त्यस्तै, दिल्ली १२ खेलमा १० अंकका साथ तालिकाको सातौं स्थानमा छ ।
साथै आईपीएल क्रिकेटमा मंगलबार राति पौने ८ बजे सनराइसर्ज हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्