Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


कांग्रेसले बोलायो अनुशासन समिति बैठक

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको सचिव दिनेश थापा मगरले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।