काठमाडाैं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्न नसक्ने बताउनुभएको छ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सरकारले ल्याएको आगामी आर्थिक वर्षकाे बजेट उपभोगमुखी रहेको बताउनुभयो । सरकारले बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भए पनि त्यो प्राप्त गर्न कम्तिमा २२ देखि २४ प्रतिशतले आयात बढ्नुपर्ने उहाँकाे तर्क छ ।
बल्ल मात्रै तरलतामा सन्तुलन ल्याउन सक्ने उहाँले बताउनुभयाे । सरकारले १०–२० वर्षसम्म करका दर परिवर्तन नगर्ने आश्वासन दिए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभएकाे छ। पूर्वअर्थमन्त्री खतिवडाले व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झार्नुले फेरि पनि उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्रश्रय दिएको बताउनुभयो ।
पूर्वअर्थमन्त्री खतिवडाले साना, मझौला तथा घरेलु उद्योगको विस्तार बिना कृषिबाट औद्योगिक क्षेत्रमा आर्थिक रूपान्तरण असम्भव रहेको बताउनुभएकाे छ । बजेटले एसएमई क्षेत्रका लागि पूँजी परिचालन, प्रविधि र बजार संरक्षणका बारेमा कुनै ठोस योजना नल्याएको उहाँको आरोप छ । व्यवसायीहरूको आत्मविश्वास जगाउन र लगानीको वातावरण बनाउन करका दरहरूमा रणनीतिक परिवर्तन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्