काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् । संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेपछि अघि सारेकाे हाे ।आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको कार्यदलमा रहेका एक पदाधिकारीले जानकारी दिए । आङ्देम्बे समानुपातिकतर्फ सांसद हुन् ।…