Logo १८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026


बालेन अभिव्यक्तिले बबाल (भिडियाे रिपोर्ट)


0
Shares

काठमाडाैं । नेपाल–भारत सीमाको विषयलाई लिएर प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति यतिबेला राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा छ ।

प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको आशय व्यक्त गरेको दाबी सार्वजनिक भएपछि त्यसको पक्ष–विपक्षमा तीव्र प्रतिक्रिया आउने क्रम बढेको छ । मुलुकको कार्यकारी नेतृत्वमा रहेका व्यक्तिबाट यस्तो संवेदनशील विषयमा बिना प्रमाण अभिव्यक्ति आएको भन्दै संसददेखि सडकसम्म विरोधका स्वर उठ्न थालेका छन् ।

नेपाल–भारत सीमा विवाद निकै पुरानो हो । दुबै मुलुकबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र लामो समयदेखि विवाद कायम नै छ । नेपालले ती भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ भने भारतले समेत आफ्नो दाबी कायम राखेको छ ।

विभिन्न समयमा सार्वजनिक भएका तथ्य, ऐतिहासिक दस्तावेज तथा राजनीतिक अभिव्यक्तिहरूले ती क्षेत्रबारे बहसलाई निरन्तर जीवित राखेका छन् । यही बेला प्रधानमन्त्री बालेन शाहले यो विषयमा फरक विषय खुलासा गरेपछि यो विषय थप चर्चामा आएको छ । प्रधानमन्त्री शाहले संसदको रोस्ट्रमबाट भूमि मिच्ने काम भारतले मात्र नभएर नेपालले समेत गरेको दाबी गरेका छन् ।