Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


विपक्षी दलको अवरोधपछि जेठ २५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित


416
Shares

काठमाडौं । विपक्षी दलहरूले वेलमा उभिएर निरन्तर नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक २५ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब दुई घण्टा ढिलोगरी ३ बजे मात्र सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।

सभामुखले विपक्षी दलका केही सांसदलाई आफ्नो धारणा राख्न अवसर दिए पनि त्यसपछि पनि अवरोध नरोकिएपछि सदनको कार्यसूची अघि बढ्न सकेन।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्नुपर्ने र बिना प्रमाण बोलेको भए माफी माग्नुपर्ने अडान दोहोर्‍याएका छन्।

सभामुखले कार्यसूची अघि बढाउने प्रयास गरे पनि सहमति नजुटेपछि बैठक सञ्चालन सम्भव नभएको घोषणा गर्दै बैठक २५ गतेसम्मका लागि स्थगित गर्नुभएको हो।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने लगायतका कार्यसूची रहेको थियो। तर निरन्तर अवरोधका कारण कुनै पनि कार्यसूची अघि बढ्न सकेन।