Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


जेठ २२ गतेदेखि शुरू हुने भनिएको नेपाल कबड्डी लिग स्थगित

ड्राफ्टमार्फत छनोट भएका सम्पूर्ण खेलाडी भने यथावत रहने

26
Shares

काठमाडाैं । यहि जेठ २२ गतेदेखि शुरु हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) स्थगित भएको छ ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले एक विज्ञप्ति जारी गर्दै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नुपरेको जनाएको हाे। ड्राफ्टमार्फत छनोट भएका सम्पूर्ण खेलाडीको छनोट भने यथावत् रहने उल्लेख छ।

आयोजकले दोस्रो संस्करणका लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय भन्दा बढी विदेशी खेलाडीले यसअघि नै नाम दर्ता गरिसकेकाे जनाएकाे हाे । एनकेएलको पहिलो संस्करणमा प्रमुख ६ शहरका टोली विराटनगर, जनकपुर, काठमाडाैं, पोखरा, बुटवल र धनगढीले प्रतिस्पर्धा गरेका थिए ।

फाइनलमा काठमाडाैंलाई पराजित गर्दै जनकपुर च्याम्पियन भएको थियो ।

Skip This