Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


फिफा विश्वकपका लागि घानाको २६ सदस्यीय टोलीकाे घोषणा

फिफा विश्वकप जुन १२ देखि आगामी जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने

39
Shares

काठमाडौं । मुख्य प्रशिक्षक कार्लोस क्विरोजले फिफा विश्वकप खेल्ने घानाको टोली घोषणा गरेका छन् ।

मुख्य प्रशिक्षक क्विरोजले जोर्डन आयुको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा थोम पार्टी, एन्टोइन सेमेन्यो र इनाकी विलियम्स जस्ता स्टार खेलाडी रहेका छन् । फिफा विश्वकप यहि जुन १२ देखि आगामी जुलाई १९ तारिखसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने भएकाे हाे । समूह ‘एल’मा घाना, इंग्ल्यान्ड, क्रोएसिया र पानामा रहेका छन् ।

जुन १७ तारिखमा घानाले पानामासँग प्रतिस्पर्धा गर्दै विश्वकपको शुरुवात गर्ने तयारी गरेकाे हाे । घानाले जुन २३ मा इंग्ल्यान्ड र जुन २७ तारिखमा क्रोएसियामाथि सामना गर्ने भएकाे छ।

घानाको टोलीमा गोलकिपरमा बेन्जामिन असारे, लरेन्स एटी र जोसेफ अनङ रहेका छन् । डिफेन्डरमा बाबा अब्दुल रहमान, डेरिक लुकासेन, गिदोन मेन्साह, मार्विन सेनाया, अलिदु सेइदु, अब्दुल मुमिन, जेरोम ओपोकु, जोनास एडजेटे ओल्फ्सबर्ग र जोनास एडजेटे रहेका हुन्। साथै मिडफिल्डरमा थोमस पार्टी, कमलदीन सुलेमाना, क्वासी सिबो, अगस्टिन बोकाये, कालेब यिरेन्की, अब्दुल फतावु इसाहाकु र एलिशा ओउरेउस रहेका छन् ।

फरवार्डमा जोर्डन आयु, इनाकी विलियम्स, क्रिस्टोफर बोन्सु बा, अर्नेस्ट नुआमाह, एन्टोइन सेमेन्यो, ब्रान्डन थोमस र प्रिन्स क्वाबेना अडु रहेका हुन् ।