काठमाडाैं । ललितपुरको लगनखेलमा रातो मत्स्येन्द्रनाथको पूजा गर्ने भक्तजनहरूको ठूलो घुइँचो लागेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्राको एक महत्वपूर्ण चरणको रूपमा रहेको लगनखेलमा मंगलबार हुने ‘रथ पूजा’ का लागि बिहानैदेखि भक्तजनहरूको ठूलो भीड देखिएको हो । रथमा पूजाअर्चना गरी मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ उपत्यकाका विभिन्न क्षेत्रबाट सर्वसाधारण भक्तजनहरू लगनखेलमा भेला भएका छन् ।…