काठमाडाैं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन् ।
मंगलबार नयाँ दिल्लीमा भएको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछाने र उहाँको प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
जयशंकरका अनुसार भेटवार्तामा नेपाल–भारतबीचको विकास साझेदारी, आपसी सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।
उनले नेपाल र भारतबीचको विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
भेटवार्तालाई दुई देशबीचको सम्बन्ध विस्तार र सहकार्यका दृष्टिले महत्वपूर्ण भएको बताइएको छ।










प्रतिक्रिया दिनुहोस्