Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै


0
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा उहाँ नेपाल आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित तथा साझा चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, दुई देशबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान हुनेछ ।

नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले उच्चपदस्थ नेपाली अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । उहाँ भोलि काठमाडौं भ्रमण सम्पन्न गरी नयाँदिल्ली फर्किनुहुनेछ ।

Skip This