काठमाडौं । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहि जेठ ७ गते जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको अवधिभित्र ३५ जनाले आवेदन दिएका हुन् । छनोट प्रक्रिया अनुसार, अब आवेदकहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुपर्नेछ ।
उम्मेदवारहरूको कार्य योजना र प्रस्तुतीकरणको मूल्यांकनका आधारमा छनोट समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाएकाे हाे । ती सिफारिस भएका नाममध्येबाट एक जनालाई महाप्रबन्धक पदमा नियुक्त गरिने भएकाे छ ।











प्रतिक्रिया दिनुहोस्