Logo १९ जेष्ठ २०८३, मंगलबार | Tue Jun 2 2026


सीमा विवादबारे प्रधानमन्त्रीको दाबी कति सत्य ? (भिडियाे रिपोर्ट)


0
Shares

विराज रोस्यारा कञ्चनपुर / रमेश धमला काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोल्ने क्रममा नेपालले पनि भारतको जग्गा मिचेको भन्दै दिएको अभिव्यक्ति विवादमा परेको छ ।

संसदमा भारतले नेपाली सीमा मिचिएको सवालको जवापफमा प्रधानमन्त्री शाहले नेपालले भारतको जमिन मिचेको भने पनि त्यसको दाबी भारतीय पक्षबाट भने कहिल्यै नभएको दाबी गरिएको छ ।

नेपाल भारत दुवैतर्फ सीमा स्तम्भ मर्मतका क्रममा भारतीय सरकारी पक्षले अहिलेसमम नेपालले जमिन मिचेको नबताएको बुझिएको छ ।

सन २०१९ मा भारतले जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपाली भूमी लिपुलेक , लिम्पयाधुरा र कालापानी क्षेत्र पनि समेटे पछि नेपालले त्यसको प्रतिवाद मात्रै गरेन २०७७ साल जेठ सात गते आफनो भूमी समेटेर नयाँ चुच्चे नक्सा बनायो । भारतले नक्सा मात्रै जारी गरेन नेपालको भूमी हुँदै चीनको मानसरोवर जाने सडकनै निमार्ण गरे पछि नेपालले निरन्तर जवाफ माग गर्दै आएको छ ।

भारतले नेपालको जमिन कब्जा गरेर सडक समेत निर्माण गर्ने र त्रिदेशिय विन्दुमा दुइ शक्ति राष्ट्रहरुले नेपाललाई वेवास्ता गर्दै व्यापारका लागि दुइपक्षिय सहमती समेत गरे पछि नेपालले सशस्त्र प्रहरी बल राखेर आफनो कालापानी क्षेत्रमा सुरक्षा उपस्थिति देखाएको थियो । सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा निरन्तर गस्ति र सुरक्षा गर्दै आएको छ । तर भारती पक्षले नेपाली भूमीमा सुरक्षाफौज नै राखेर अतिक्रमण गर्दै आएको छ ।

उक्त विषयमा नेपालले निरन्तर कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न खाजे पनि भारत र चीन दुवैले वेवास्ता गरेका छन । सोही विषयमा गत १७ गते प्रधानमन्त्री बालेन्द्र शाह संग पनि सांसदहरुले जवाफ माग गरेका थिए । तर प्रधानमन्त्री शाहले संसदको रोष्टमबाट आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको जमिन मिचेको थाहा पाएको भन्ने अभिव्यक्ति दिए पछि नेपालले गर्दै आएको दावि कम्जोर हुने विष्लेषण भैरहेको छ ।

त्यसोत प्रधामन्त्री शाहले नेपाल भारतको दशगजा क्षेत्रमा हुने स्थानीय विच भोगचलन भैरहेका जमिनका विषय हुने विवादलाई नेपालले जमिन मिचेको रुपमा व्याख्या गरेको देखिन्छ । जुन आफैंमा गलत हो । किन कि नेपाल र भारत दुवैले तीन वर्ष देखि सीमा क्षेत्रको पिल्लर मर्मत गर्दै आएका छन । जसमा दुवै देशका तर्फबाट नापीका अधिकृत सहित सुरक्षाकर्मीहरुको उपस्थितिमा मात्रै पिल्लर मर्मत हुने गरेको छ ।

मर्मतका क्रममा कहिलै पनि भारतीय पक्षले आफनो जमिन नेपालले मिचेको दावि नगरेको दाबी नेपाली पक्षको छ । नेपालले सशस्त्र प्रहरी बल नेपाललाई सीमाका पिल्लर मर्मतको जिम्मेवारी दिएको छ । जसमा २०८०/८१ मा नेपालले भारतसंग सीमा जोडिएका मध्य २३ जिल्लाका २१ सय ३७ पिल्लर मर्मत गर्दा भारतका नापी र सीमा सुरक्षा बल एसएसबीका प्रतिनिधि संगै थिए । तर उनीहरुले कुनै पनि स्थानमा नेपालले भारतको जमिन मिचेको दावि गरेका छैनन । त्यस्तै आर्थिक वर्ष ८१/८२ मा नेपालले ४ सय ९८ र गत वर्ष मा ११ सय २२ वटा गरेर ३७ सय ५७ पिल्लर नेपालले मर्मत गर्दा संगै रहेका भातीय सरकारी पदाधिकारीहरुले कहिलै प्रश्न उठाएनन । नेपालले पिल्ल मर्मत गर्दा भारतका सरकारी पक्षले कहिलै पनि प्रश्न नगर्नुले पनि प्रधानमन्त्री शाहले दावि गरे जस्तो नेपालले भारतीय जमिन मिचेको भन्ने अभिव्यक्ति प्रमाणमा आधारित छ कि छैन भन्ने प्रश्न उठेको हो ।

उता भारतले गर्नु जोर नंम्बरका पिल्लर मर्मतमा त्यति चासो राखेको छैन । तीन वर्षमा भारतका तर्फबाट जम्मा १७ सय ५१ मात्रै पिल्लरहरु मर्मत भएको छ । सीमा छुट्याउने मुख्य आधार पिल्ल मर्मत गर्दानै दुवै पक्षका सरकारी संयन्त्रले कुनै प्रश्न नउठाएको विषयमा प्रधानमन्त्रीले कसरी नेपालले भारतको जमिन मिचेको दावि गरे भन्ने प्रश्न जवाफ आएको छैन । सीमा क्षेत्रका वासिन्दा पनि नेपालले भारतको जमिन मिच्ने कुरा असम्भ हुने बताउँछन ।