काठमाडौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार विशेष बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन् ।
बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । त्यस अवसरमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत सहभागी गराइने भएको छ ।









प्रतिक्रिया दिनुहोस्