Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


बारामा थुनिएका इन्स्पेक्टरसहित ३८ सरकारी कर्मचारीको उद्धार


0
Shares

बारा । बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा घेराबन्दीमा परेका प्रहरी इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ।

स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका कर्मचारीहरू झन्डै दुई घण्टासम्म बाहिर निस्कन सकेका थिएनन्।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार शनिबार बिहान साढे १० बजेदेखि भवनभित्र घेराबन्दीमा परेका उनीहरूलाई सुरक्षाकर्मीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो।

शनिबार बिहान आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएको थियो। विवाद चर्किएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। त्यसक्रममा स्थानीय युवक पासवान घाइते भएका थिए।

Skip This