गएको मंसिर २८ गते, संसदको दशौं अधिवेशनको पहिलो दिन, सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै सिटबाट उठेर एमालेका सांसदहरूले विरोध जनाए । सांसदलाई स्वागत् गर्ने सापकोटाको वाक्य पूरा हुन नपाउँदै एमाले सांसदहरू बेलतिर अघि बढे । उनीहरूले सभामुखतिर औंला ठड्याउँदै ‘गैरसांसदलाई प्रवेश निषेध गर,’ ‘संवैधानिक सर्वोच्चता कायम गर,’ ‘अन्यायपूर्ण व्यवहार बन्द गर’ जस्ता नारा…