दम तथा श्वासप्रश्वास सम्वन्धी रोगको लागि योग « Image Khabar


दम तथा श्वासप्रश्वास सम्वन्धी रोगको लागि योग


260
Shares

चन्द्र कटुवाल

आज राष्ट्रिय योग दिवस पनि परेको छ । यस वर्षको योग दिवसको नारा रहेको छ “सर्वाङ्गीण विकासका लागि योग” । पक्कै पनि योगले सर्वाङ्गीण विकास गर्दछ । भनिन्छ योगमा सबै कुरा पाईन्छ । तर गर्नु भने पर्छ । अन्य शारीरिक अभ्यास जस्तो केबल शरीरलाई मात्र नभएर यो सर्वाङ्गीण बिकासको लागि हुन्छ ।

श्वास अत्यन्तै महत्वपूर्ण छ । यदि श्वास बिग्रियो भने केहि बाँकि रहदैन । जति श्वास फेर्न सजिलो त्यति नै स्वस्थ हुन्छ । अक्सिजनले बाक्लो रगतलाई पातलो बनाईदिन्छ र सजिलै रक्त सञ्चार हुन्छ । सबैभन्दा महत्वपूर्ण अङ्ग फोक्सो हो । झनै कोरोना महामारीको समयता त प्राणायाम को महत्व नै निकै बढेको छ । शरीरलाई तताउन पनि प्राणायाम हरु गरिन्छ । भने श्वासप्रश्वासमा कमि आउन नदिन तथा फोक्सोलाई बलियो पार्न पनि योग गरिन्छ ।

दम दीर्घरुपमा श्वासनलीहरु सुनिनाले हुने गर्दछ ।जसको कारणले श्वासनलीहरु साँघुरिने तथा श्वासनलीमा हुने गडबडीले श्वासप्रश्वासमा समस्या हुन्छ । बिश्वमा बर्षेनि लाखौं मानिसले दमको कारणले ज्यान गुमाउँछन् । नेपालमा पनि दमको बिरामीहरु निकै मात्रामा रहेका छन ।दमले अन्य श्वासप्रश्वास सम्बन्धि रोगहरुलाई बढावा दिन्छ । यसका कारक तत्वहरु मध्ये धुवा, धुलो, चुरोट, बिडी, जनावरका भुवाहरु, रौंहरु स्वासप्रस्वास सम्बन्धि भाईरल रोगहरु वायुप्रदुषण लगायतका रहेका हुन्छन् । यसका लक्षणहरुमा खोकी लाग्नु, स्वास प्रश्वास छोटो– छोटो हुनु, छाति समात्नु अर्थात कडा हुनु जस्ता लक्षणहरु देखिन्छन । यसको सबैभन्दा भरपर्दो उपचार भनेको यसका कारकहरु चिन्नु र त्यसबाट बच्नु नै मुख्य हो । यसका लागि हलेदो, रोजमेरी, आलस तथा एभोगाडो खान मिल्छ भने सेतो मैदा, कुकिज, दहि, पिज्जा, पत्रु खाना खानु हुदैन ।

क) श्वास प्रश्वासका अभ्यासहरु

१. श्वास प्रश्वासको साथमा हातलाई मुठ्ठि पारेर बाहिर भित्र घुमाउने । यसको लागि हातलाई बराबर अगाडि राख्न पनि सकिन्छ र कुमको लाईनमा लगेर दुबैहातलाई दायाँ बायाँ फैलाएर पनि गर्न सकिन्छ । जहिले पनि शरीर खुम्चिदा श्वास छोड्ने तथा शरीर तन्किदा श्वास लिने गर्नु पर्दछ ।

२. श्वास प्रस्वासका साथमा हातलाई खुम्चाउने फैलाउने ।

३. श्वास प्रस्वासको साथमा खुट्टाको पैतला घुमाउने एङ्कल ब्रेथिङ ।

४ .डग बे्रथिङ अर्थात ककुरले जस्तै जिब्रो बाहिर निकालेर श्वास प्रश्वास गर्ने ।

५. खरायो बे्रथिङ अर्थात खरायोको जस्तै पोजिशनमा बसेर खरायोले जस्तै श्वासप्रश्वास क्रिया गर्ने ।

ख) शरीरलाई शिथिलिकरण गर्ने अभ्यास

६. अगाडि पछाडि झुक्ने

७. दायाँ बायाँ झुक्ने ।

ग) आशनहरु

दम तथा श्वासप्रश्वासको बिरामीहरुले आराम गर्दै आशनहरु गर्नु पर्दछ । एक आशन पछि आराम गर्दै अर्को आशन गर्न राम्रो मानिन्छ ।

१. उठेर गरिने आशन हरु : जस्तै अर्धकटिचक्रासन, कटिचक्रासन, पादहस्तासन परिबर्त, पाश्र्वकोणासन, पार्श्वकोणासन आदि ।

२. बसेर गरिने आशनहरुः जस्तै बज्रासन बक्रासन पश्चिमोत्तानासन, अर्धमत्स्यन्द्रासन,उत्ठितबालासन आदि ।

३. पेटको बलले अर्थात घोप्टो परेर गरिने आसनहरु : भुजङ्गासन, प्रसारित भुजङ्गासन, सल्भासन र यसका भेरियसन, गौमर्जरासन, धनुरासन आदि ।

४. उत्तानो परेर अर्थात ढाडको बलले गरिने आसनहरु :मत्स्यासन, हलानस,सर्वाङ्गासन र सवासन आदि ।
यसको साथै मोटोपन घटाउनमा लाभदायी केही प्राणायामहरु निम्न रहेका छन ।

सूर्य अनुलोमविलोम,चन्द्र अनुलोमविलोम,नाडिसुद्दि,सित्ली,सित्कारी र भ्रामरी ।

घ) ध्यान

यसमा अकार उच्चारण गर्नुपर्छ । त्यसको लागि पहिले गहिरो श्वास तान्ने र विस्तारै अ उच्चारण गर्ने अर्थात मुखमा अको ध्वनि निकाल्ने । यो तीन पटक सम्म गर्ने । त्यसपछि उकार तीनपटक सम्म गर्ने । म कार तिन पटक सम्म गर्ने र अन्त्यमा तीनपटक सम्म ॐकार को उच्चारण गर्ने ।

क्रियाहरु

बमनधौति र लघुशंखप्रक्षालन । साथमा डि आर टि अर्थात डिप रिल्याक्स्सेसन टेक्निक गरिन्छ ।