तनाव व्यवस्थापनमा योग « Image Khabar


तनाव व्यवस्थापनमा योग


351
Shares

चन्द्र कटुवाल

काठमाडौ । मानसिक तनाव लाई नसर्ने रोगको कारक तत्व मानिन्छ । योग तनाव व्यवस्थापनमा अचुक औषधी सावित भएको बिभिन्न अनुसन्धानले देखाएको छ । हामीले तनावको कारण भन्दा पनि यसको असरलाई मात्र ध्यान दिन्छौ । र तनाव व्यवस्थापनको क्षणिक उपाए खोज्छौ । साथै तनाव लिनु हुदैन भन्ने सबैलाई थाह छ । तर पनि लिन्छौं । थाहा भएर मात्र हुदो रहेनछ । त्यसको लागि अभ्यास गर्नु पर्दछ ।

आजसम्म हामीले अभ्यासमा ल्याएको भनेको डरको सिद्धान्त हो । अर्थात चुरोट नपिउँ क्यान्सर हुन्छ । तर यो सिद्धान्तले पनि काम नगर्ने रहेछ । योगले आनन्दमा आधारित सिदान्त सिकाउँछ अर्थात आफै खुसी हुने । त्यहि खुशीमा रहेर बानी परिबर्तन गर्दै जाने । चेतन मनले त भन्छ चुरोट पिउँदैन । तर उसको अर्धचेतनमन जसले ९० प्रतिशत भाग ओगटेको हुन्छ त्यसले जिति हाल्छ । त्यसैले योगले अर्धचेतन मनको व्यवस्थापन गर्न मद्दत गर्दछ । योगले खुशी हुने हर्मोनहरुको सक्रियता बढाई दिन्छ । यसले डर हैन आनन्दमा आधारित जीवनशैली अपनाउन मद्दत गर्दछ ।

जति जीवन साधा हुन्छ त्यति तनाव आधा हुन्छ । आजको हाम्रो जटिल तथा जेलिएको सम्बन्धले व्यक्तिलाई तनाव उत्पन्न गराउन मद्दत गरेको छ । सकारात्मक तनाव त ठिकै छ तर यो जब नकरात्मक तिर लाग्छ, तब यसले हानी गर्दछ । खासमा तनाव भनेको परिस्थितिमा हाम्रो शरीरको प्रतिक्रया हो । परिस्थिति हाम्रो बसभन्दा बाहिर हुन सक्छ । तर मनस्थिति हाम्रो बसमा छ । यसलाई बलियो अर्थात सकरात्मकता तर्फ ढालियो भने तनावको व्यवस्थापन सहज हुन्छ । त्यसको लागि योगमा आधारीत जीवनशैली अपनाउनु पर्दछ ।

क)अन्नमय शरीर । देखिने शरीर अर्थात हाम्रो यो भौतिक शरीर । यसको व्यवस्थापनको लागि षटकर्म । योगासन । मुद्रा तथा बन्दहरु अपनाईन्छ । जसमध्ये केहि आशनहरु निम्न रहेका छन ।
तनाव व्यवस्थापनमा उपयोगि आसन हरु
१ व्यग्रासन
२ सशंकासन
३ गुप्तपद्मासन
४ उत्तानपृष्ठासन
५ अर्धकपोतासन
६ जानु शिर्षासन
७ गौमुखासन ।
८ सेतुबन्धासन
९ पश्चिमोत्तानसान
१० गौमर्जरासन
११ सवासन

ख) प्राणायाम ।

पाँचवटा शरीर मध्य प्राणमय शरीर अर्थात प्राणमय कोष । यो द्रोस्रो स्थानमा पर्दछ । यो १० भागमा विभाजित छ जस्मा पाँच मुख्य प्राण र पाँच उपप्राण रहेका छन । शरीरमा प्राणको अहम भूमिका रहेको छ । जुन निम्न छन ।

१. अपानः यसको स्थान हाम्रो शरीरको गुदाको भागमा रहेको हुन्छ । जसलाई मुलाधार चक्र भनिन्छ । यस्ले मल, मुत्र, पसिना लगायत सम्पुर्ण कुरा बाहिर निकाल्छ । यो तलतिर बग्छ ।

. समानः यसको स्थान नाभि वरपर हुन्छ । यस्ले हाम्रो शरीरमा रसको उत्पादन तथा रसको सहि मात्र निर्धारण गर्दछ ।

. प्राणः यो हाम्रो छातिको भागमा हुन्छ । यसले आहार बिहार लाई खिच्छ र शक्ति प्रदान गर्छ । शरिरमा बल रचना गर्छ र शब्दोच्चारणमा पनि यसैको प्रमुख भूमिका रहन्छ ।

. उदान : यसको स्थान कण्ठ अर्थात घाँटि वरपर हुन्छ । यो माथितिर बग्ने हुनाले शरीरलाई खडा राख्छ । यसैको कारणले हामी खडा हुन्छौ । यो संग आफुतिर तान्ने शक्ति हुन्छ त्यसैले स्वास, अन्न, जल लगायत जतिपनि बाहिरबाट भित्र तानिन्छ त्यो काम यसले गर्छ ।

. व्यानः यो सम्पुर्ण शरीरमा फैलियर रहेको हुन्छ । रक्त संचार, स्वासप्रस्वास आदिको माध्यामबाट यसले शरीलाई आफ्नो अधिनमा राख्दछ । साथै यसले अन्तरमनको संचालन पनि गर्दछ ।

साथै पाँच वटा उपप्राणहरु देवदत्त, वृकल, कुर्म, नाग र धनन्जय रहेका छन । यिनै उपप्राणको सहयोगले आँखा झिम्काउने । आशु निकाल्ने । डकार हाछ्यु हाई निकाल्ने कार्य गर्दछन ।

अब कुरा गरौं प्राणायामको । प्राणायाममा हाम्रो स्वासलाई बिभिन्न आयाममा ढालिन्छ । हामीले धेरै जसो कर्मकाण्डीय प्रणायाम गर्छौ । ति प्रणायाम नभएर स्वासायाम मात्र हुन । आजभोलि हिड्दै अनुलोम बिलोम, गफगर्दै कपालभाँति गरिन्छ ।अनि भनिन्छ दुईघण्टा कपालभाति प्राणायाम गरे । त्यो चाहि दुईघन्टा चाहि गरे भन्नमिल्छ, तर प्राणायाम हैन । यसका पनि बिधिहरु रहेका छन । खासगरि शिवसंहितामा प्राणायाम २४ घन्टामा चारपटक सम्म गर्न सकिने भनेको छ । जसमा बिहान, दिनको मध्यान्ह, साँझ र रातको मध्यान्न । तर आजभोलि योग गर्नको लागि नभएर देखाउनको लागि योग गरिन्छ । योग देखाएर गर्ने भन्दा पनि योग गरेपछि आफैदेखिने अर्थात घटित हुने गर्दछ । तनाव व्यवस्थापनमा सहयोगी प्राणायामहरु निम्न छन ।

१. भस्त्रिका
२. अनुलोमविलोम
३. कपालभाँती
४. उज्जाई
५. सित्ली
६. भ्रामरी

ग. ध्यान

तेस्रो शरीर अर्थात मनोमय कोष । मनलाई हाम्रो अधिनमा राख्नको लागि ध्यान प्रभाव कारि मानिन्छ । ध्यानका बिभिन्न बिधिहरु रहेका छन । बिज्ञान भैरबतन्त्रभच११२ किसिमका ध्यान बिधिहरु पाईन्छ । ध्यानले तनाव व्यवस्थापनमा सहयोग गर्दछ ।

घ.योग परामर्श
हाम्रो पाँचवटा शरीर मध्य यो चौथो शरीर हो । जस्लाई बिज्ञानमय कोष भनिन्छ ।हाम्रो सवकन्सियस माईन्ड अर्थात अर्धचेतनमनमा सूचनालाई राख्नको लागि योग परामर्श दिईन्छ । यसमा कसरी खुसी रहने । बिभिन्न किसिमका शास्त्रिय मान्यतालाई आधार मानेर परामर्श दिईन्छ । हाम्रो अर्धचेतन मनले बुझ्ने भनेको रिपिटिशन, मोशन, ईमोशन, भिजियोलाईजेशन आदि हो । त्यसैले योगिक परामर्शले वानी परिबर्तन गर्न मदन पुराउछ ।

ङ. कर्मयोग

पाँचौ शरीर अर्थात आनन्दमय कोष । यसमा कर्म गर्ने । अरुलाई सहयोग गर्ने । सेवा गर्ने जस्ता कार्य गरिन्छ जस्ले हामीलाई आनन्द प्रदान गर्दछ ।तनाव व्यवस्थापनको लागि कर्मयोगको पाटो पनि महत्वपूर्ण रहेको छ । खाली दिमाग सैतानका घर भनेजस्तै आफुलाई केहि न केहि मा व्यस्त राख्दा पनि तनाव व्यवस्थापन हुन्छ ।