काठमाडाैं । सरकारले आइतबार र साेमबार देशैभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनाका झण्डै २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएकाे छ ।
त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ । त्यसका लागि पालिकाले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका हुन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।
भिटामिन ‘ए’ ले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता र वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अनि जुकाको औषधिले पेटका किरा हटाउने, कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखाला जस्ता समस्याबाट जोगाउने चिकित्सकहरुले बताएका छन् ।
प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्