काठमाडाैं । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा बुधबारदेखि छैठाैं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुँदै छ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दावी गरिएकाे हाे । समितिका अध्यक्ष नवाराज बाँस्तोलाले तालको महत्वबारे उजागार गर्दै जल दुर्घटना सम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको बताएका छन् ।…