Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


७ वर्षकाे प्रतीक्षापछि भारत साफ महिला च्याम्पियनकाे उपाधि जित्न सफल

बंगलादेश भने ३-१ गाेल अन्तरले पराजित

26
Shares

काठमाडौं । भारतले ७ वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।

भारतकाे गोवामा शनिबार राति सम्पन्न भएकाे फाइनल खेलमा बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधिमाथि जित्न सफल भएकाे हाे । भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले एक–एक गोल गरेका थिए। शुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको भारतले अवसरहरूलाई सदुपयोग गर्दै बंगलादेशमाथि दबाब कायम राखेको थियो ।

यता, बंगलादेशका लागि रितु चक्माले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन। फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि बंगलादेशले भारतको सशक्त आक्रमण रोक्न सकेन । याे जितसँगै भारतले सात वर्षपछि पुनः साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ।

प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेको भारतीय टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै दक्षिण एसियाली महिला फुटबलमा आफ्नो वर्चस्व पुनः स्थापित गरेको हाे।