Logo २६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026


बेल्जियममा जारी ‘इयू टी-२० बेल्जियम लिग’ मा नेपाली खेलाडीको दबदबा

लिगमा आज दुई खेल हुँदै, पहिलाे चरणमा लिज रेड लायन्स र युनाइटेड ब्रसेल्सीच प्रतिस्पर्धा

52
Shares

काठमाडौं । बेल्जियममा जारी पहिलो संस्करणको ‘इयू टी–२० बेल्जियम लिग’ अन्तर्गत मंगलबार दुई वटा खेल हुँदैछन् ।

पहिलाे चरणमा लिज रेड लायन्स र युनाइटेड ब्रसेल्सबीच मंगलबार अपराह्न सवाँ बजेदेखि शुरु हुने भएकाे हाे । यो खेलमा सन्दीप लामिछानेलाई देख्न सकिने र नले लिज रेड लायन्सबाट बलिङ गर्ने भएका छन् । त्यसैगरी दाेस्राे चरणमा मंगलबार राति सवाँ ८ बजेदेखि नेपाली खेलाडी सबै भन्दा बढी आबद्ध भएकाे जेबी ब्रुग्सले एन्टवर्प एन्कर्सको सामना गर्ने भएकाे भएकाे हाे ।

ब्रुग्सबाट दीपेन्द्र, गुल्सन र ललितले खेल्ने सम्भावना रहेकाे छ । एन्कर्सबाट भने ओपनर आशिफ शेखले खेल्ने भएका छन्। ३ मा दुई खेलमा विजयी भएको ब्रुग्सले चार अंक जोडेको हाे । यो टिम तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।

नेपालका ८ जना क्रिकेटर बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’मा आबद्ध भएका छन् । बेल्जियमको ब्रसेल्समा यहि जुन ६ तारिखदेखि शुरु भएको प्रतियोगितामा जेबी ब्रुग्समाबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर ललितनारायण राजवंशीले जादू देखाइरहेका छन् ।

एशियन गेम्स छनोटको फाइनल उपाधि नेपालले जितेसँगै अलराउन्डर दीपेन्द्रसिंह ऐरी, ओपनर आशिफ शेख, लेग स्पिन सन्दीप लामिछाने र नेपाली टिम कप्तान रोहित पौडेल समेत बेल्जियम पुगेका छन् । यो लिगमा नेपालका ८ जना खेलाडी रहेका छन् ।

कप्तान रोहित गेन्ट ग्लेडिएटर्स र लेगस्पिनर सन्दीप लिज रेड लायन्समा अनुबन्ध भएकाका हुन् । ओपनर आसिफ शेखलाई एन्टवर्प एन्कर्सले भित्र्याएको छ । प्रतियोगितामा सबै भन्दा बढी नेपाली खेलाडी जेबी ब्रुग्समा रहेका छन् । जेबी ब्रुग्समा अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित स्पिनर ललितनारायण राजवंशी, तीव्र गतिका ब्याटिङ अलराउन्डर गुल्सन झा, विकेटकिपर अनिल साह र अलराउन्डर इशान पाण्डे रहेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस लिगमा एन्टवर्प एन्कर्स, गेन्ट ग्लेडिएटर्स, लिज रेड लायन्स, ब्रसेल्स, जेबी ब्रुग्स र लुभेन गरी ६ टोलीको सहभागिता रहने भएकाे छ । प्रतियोगिता बेल्जियम क्रिकेट महासंघसँगको सहकार्यमा डेस्टिनो लेजेन्ड्स स्पोर्ट्स एलएलसीले आयोजना गर्न लागेको हो ।