पहिरोले पुरिएर उदयपुरमा एक बालकको मृत्यु « Imagekhabar – Online News Portal of Nepal


पहिरोले पुरिएर उदयपुरमा एक बालकको मृत्यु


52
Shares

उदयपुर । पहिरोले पुरिएर जिल्लामा एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–२ मिलन चोकका ७ वर्षीय बालक कर्ण मगरको पहिरोले पुरिएको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले पुरिएर घाइते भएका मगरको उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

शुक्रबार दिउँसो साढे १ बजे नजिकै रहेको आँप खहरे खोलामा खेल्ने क्रममा अचाक माथिबाट पहिरो झर्दा उनी ण्शक्त घाइते भएका थिए ।