एजेन्सी, जेठ २५ । प्रहरी यातनामा एक अश्वेत अमेरिकी नागरिक जोर्ज फ्लोइड मारिएपछि अमेरिकाबाट शुरु भएको रंगभेदविरोधी प्रदर्शन संसारभर फैलँदै गएको छ । अमेरिकामा बाह्रौं दिन शनिवार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्ध ठूला ठूला प्रदर्शन आयोजना गरिए । बेलायत, अष्ट्रेलिया, क्यानडालगायतका देशमा मानिसहरु कोरोना भाइरसको जोखिमलाई पनि वास्ता नगरी सडकमा ओर्लिएका छन् । अमेरिकी…