काठमाडौं । कोरोना विरुद्धको खोप तयार पारिरहेको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले अन्तिम चरणको क्लिनिकल ट्रायलको नतिजा प्रकाशन गरेको छ । क्लिनिकल ट्रायलको नतिजा प्रकाशित गरेसँगै अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पहिलो खोप निर्माता बनेको सावित गरेको छ । प्रतिष्ठित स्वास्थ्य सम्बन्धि पत्रिका लैंसेटले प्रकाशित गरेको अध्ययनले उनीहरुले तयार पारेको खोप ७० प्रतिशत सुरक्षित रहेको छ ।…