टर्की र इजरायलबीच पुनः वार्ता हुने « Image Khabar


टर्की र इजरायलबीच पुनः वार्ता हुने


Imagekhabar
११ पुष २०७७, शनिबार ०६:५४

काठमाडौं, पुस ११ । टर्कीले इजरायलसँग सम्बन्ध बिस्तार गर्नुअघि प्यालेस्टाइनीहरुप्रति इजरायलको नीति परिवर्तन हुनुपर्ने जनाएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले दुवै पक्षवीच वार्ता जारी रहेपनि इजरायलले प्यालेस्टाइनप्रति आफ्नो नीति परिवर्तन नगरे समस्या समाधान नहुने बताउनुभएको हो ।

राष्ट्रपति एर्दोगनले टर्कीले इजरायलमा शीर्ष तहमा छलफल जारी राखेको बताउनुभयो ।

उहाँले आफूहरुको माग अनुसार इजरायलले प्यालेस्टाइनहरुप्रतिको दृष्टिकोण नै बदल्नुपने मुख्य अडान रहेको दोहोर्‍याउनुभयो ।

सन् १९४९ मा इजरायललाई पहिचान गर्ने टर्की पहिलोमुसलमान राष्ट्र हो ।

हालैका वर्षहरुमा पश्चिमी किनारामा इजरायलको कब्जा र प्यालेस्टानिहरुसँग गरेको व्यवहारको टर्कीले कडा आलोचना गर्दै आएको छ ।

दुवै पक्षबीच सम्बन्ध मा उतारचढाव जारी रहेकाले सन् २०१० मा इजरायलसँग टर्कीले पहिलो पटक कुटनीतिक सम्बन्ध विच्छेद गरेको थियो ।

टर्कीको स्वामित्वमा रहेको भनिएको समुद्री नाका इजरायलले लामो समयदेखिकब्जामा लिएपछि दुवै देशको सम्बन्ध चिसिएको थियो ।

सो नाका सन् २०१६ मा फिर्ता भएपछि भएका सम्बन्ध सुधारका प्रयासहरु पनि अपेक्षा अनुसार अघि बढ्न नसकेको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्