
काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीको लाचित नगरमा रहेको एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्।
सोमबार राति करिब ९ बजे होटल बिलास इनमा भएको घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनामा दुई महिलासहित होटलका एक कर्मचारी घाइते भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा असम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गोली चलाउन लाइसेन्स प्राप्त ३२ बोरको पेस्तोल प्रयोग गरिएको थियो। उक्त पेस्तोल घटनास्थलबाट बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार होटलको लिजसम्बन्धी विवाद घटनाको कारण रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्