Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


डलर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। अघिल्लो दिन डलरको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा थियो।

त्यस्तै, युरो एकको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा कायम भएको छ। पाउण्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा पुगेको छ।

स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७६ पैसा कायम भएको छ। अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा रहेको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा पुगेको छ। सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

Skip This