बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरले गरे आधारहीन दावी • Image Khabar Image Khabar


बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरले गरे आधारहीन दावी


Imagekhabar
२५ श्रावण २०७७, आईतवार १०:१०

बुद्ध भारतीय नागरिक भएको भारतीय विदेशमन्त्री जयशंकरले गरे आधारहीन दावी

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको दावी गर्नुभएको छ ।

हिजो भारतीय उद्योगीहरुको संस्था सि.आई.आई.ले आयोजना गरेको भर्चुएल कार्यक्रमलाई सम्बोधन गर्दै जयशंकरले बुद्धलाई महान भारतीय नागरिक भन्नुभएको हो ।

भारतको इतिहासमा दुई जना महान भारतीय रहेको उल्लेख गर्दै उहाँले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ भन्नुभयो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिंदा नेपालमा तीव्र विरोध भएको थियो ।

पछि नेपाल भ्रमणमा आएको बेलामा भने संसदलाई सम्बोधन गर्दै मोदीले नेपाल बुद्ध भूमि भएको बताउनुभएको थियो ।

दुई वर्षअघि संयुक्त राष्ट्रसंघको महासभामा मोदीले, भारतले विश्वलाई बुद्ध दिएको बताउनुभएको थियो ।

नेपालको लुम्विनीमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दावी गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्